अर्मादीमा एक मृत युवाको शव फेला

2206
views

नवदृष्टि संवाददाता
पर्वत, २२, चैत्र ।
कुश्मा नगरपालिकाको अर्मादीमा एक युवकको शव फेला परेको छ । उक्त शव कुनपा २ खुर्कोटका ४३ बर्षिय राजु केसीको रहेको जिल्ला प्रहरी कार्यालयले पर्वत जनाएको छ ।
गएको चैत्र १९ गतचे देखि हराईरहेका केसी २ दिनपछि अर्मादीको भिरमा मृत अवस्थामा फेला परेका छन । मृत मानिसको शव फेला परेको भन्ने सूचनाका आधारमा घटना स्थलमा प्रहरी पुग्दा उनको शव फेला परेको थियो । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएको छ ।