गुटभेलामा पौडेल पक्ष

721
views

काठमाडौं । ठमेलस्थित काँग्रेस नेता प्रकाशमान सिंहको निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरू भेला भएका थिए । प्रस्तावित नयाँ विधानका अन्तरवस्तुमा विवाद भइरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा इतरका नेताहरूको आईतबार विहान बैठक बसेको हो ।

छलफलमा सोमबारदेखि बस्ने केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको नेताहरूको भनाई छ । बैठकमा सहभागी एक नेताका अनुसार भोलिदेखि सुरु हुने बैठकमा विधान मस्यौदामा एकरुपता जनाउने तयारीका लागि बैठक भएको दाबी गरेका छन. ।

आइतबारदेखि सुरु हुने कांग्रेसको केन्द्रीय समिति बैठकमा आर्थिक प्रतिवेदन, राजनीतिक प्रतिवेदन तथा विधान मस्यौदालाई अन्तिम रुप दिने तयारी छ । १० दिनदेखि पार्टीको विधान मस्यौदामाथि भइरहेको कांग्रेसको छलफल शनिबार सकिएको छ जहाँ पार्टीका पदाधिकारीले पनि केन्द्रीय सदस्यहरू झैं फरक(फरक धारणा राखेका छन् ।

भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, नवीन्द्रराज जोशी, कमला पन्त, दीलेन्द्र बडु लगायतका नेताहरु सहभागी रहेका छन् ।