नेपाली भाषासँगै संस्कार लोप

919
views

महेन्द्र जिसी
पर्वत, २८ मंसिर । भाषासँगै संस्कार पनि लोप हुँदै गएकोमा पर्वतका भाषाविद्हरुले चिन्ता व्यक्त गरेका छन् । ढिकी जाँतो र हलो मै काठ र पानी पँधेरो जस्तै नेपाली भाषामा समेत संकट पर्न थालेको उनीहरुले बताए ।

नेपाली भाषालाई मौलीक भन्दापनि आधुनीक रुपमा उपयोग गर्दा भाषासँगै संस्कार र संस्कृतिको अबमुल्यन हुन थालेको शुक्रबार नेपाली भाषा शिक्षक परिषद् पर्वतले गरेको एक कार्यक्रममा बताए ।

पछिल्लो समय निजी शिक्षाको प्रभावले सामुदायीक विद्यालयले पनि क्षमताविना अंग्रेजी भाषालाई पठन पाठनमा अपनाउँदा भाषा नै विग्रन थालेको उनिहरुको भनाई थियो । नेपाली हिज्जे अभिमुखीकरणमा जिल्लाका नेपाली विषयका शिक्षकहरुले विद्यालयबाटै नेपाली भाषामा शुद्धता हराउँदा चिन्ता लाग्ने गरेको बताए ।

विज्ञान, गणीत, सामाजीक विषयका शिक्षकहरुबाटै शुद्धा शुद्धीमा कमजोरी रहने गरेकोले पनि नेपाली भाषा संकटमा पर्न थालेकोमा भन्दै नगर शिक्षा अधिकारी रुद्र नारायण सापकोटाले चिन्ता व्यक्त गरे । सापकोटाले भने ‘पुर्खाले प्रयोग गरेका ढिकी जाँतो र हलो जुवा जस्तै मौलिकता बोकेको नेपाली भाषा पनि हराउँदै गएको छ ।’

कार्यक्रममा नेपाली भाषा शिक्षक परिषद् पर्वतका अध्यक्ष आनन्द रिमालले अंग्रेजी र आगन्तुक शब्दले नपाली भाषाको मौलिकताको महत्व हराउँदै गएको बताए ।

कार्यक्रममा नेपाली विषयमा तीन दर्जन प्रध्यापकहरुको सहभागिता रहेको थियो । शिक्षकहरुले विद्यार्थीहरुलाई अध्यापन गराउँदा परेका अप्ठयारा भाषाका कारण बुझाउन नसकेका समस्या राखेका थिए ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्रध्यापक चिरन्जीवी अधिकारी तथा नेपाली भाषा शिक्षक परिषद्का केन्द्रीय सदस्य डोलराज अर्यालले सहजीकरण र परिषद्का आजीवन सदस्य ईन्द्रमान खत्रीले शुभकामना व्यक्त गरेका थिए ।