विद्यालयमा समुदाय र साझेदारी कार्यक्रम

626
views

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले फलेवास नगरपालिका–३ स्थित श्री जनसहयोगी माध्यमिक विद्यालयमा समुदायमा–साझेदारी अन्र्तगत सम्र्पक कार्यक्रम सम्पन्न गरेको छ ।

जनसहयोगी माविका कक्षा ८, ९ र १० का विधार्थीहरु एवम् शिक्षकहरु समेतलाई साझेदारी पाठ्यक्रम अनुसार आधारभुत सुरक्षा, साईवर सुरक्षा, सडक सुरक्षा, लागुऔषध तथा वालविवाहका बारेमा प्रशिक्षण दिइएको थियो ।
विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत प्रहरी सहायक निरीक्षक अर्जुन पौडेलले प्रशिक्षण दिएका थिए ।

पौडेलले समुदाय–प्रहरी साझेदारी कार्यक्रम नेपाल प्रहरी, स्थानिय तह, समुदाय, विद्यालय समेतको सहयोग र सहभागितामा मात्र उपलव्धिमुलक र सफलता मिल्ने कुरामा जोड दिए ।

उनले हरेक नागरीकले अपनाउनु पर्ने सचेत र सुरक्षाको व्यवस्थामा हेलचेक्राई नगरी स्वयम नागरीकले बस्तु बिशेष स्थान अनुसार सचेत रहनुपर्ने बताए ।

कार्यक्रमको संयोजक तथा सहजिकरण उक्त विद्यालयका प्रधानाध्यपक गणेश वहादुर थापाले गरेका थिए ।