सिन्डिकेटधारी, बलत्कारी

970
views

–कविता–
–सिताराम थापा
आदिम कविला समाज आमाको मन
त्यहि आमाको दूध पियर पुरुषको तन
आमाको दूध पियर आमाकै दुधुमा गिद्दे नजर झन
त्यहिबेला शुरु भयो, अत्याचारी बनाए सिन्डिकेटधारी पन ।।

समूह र झुण्ड बीच लडाई, सिन्डिकेटको ज्वाइँ
जसका तिघ्रा बलिया थिए उसैको सर्वस्व रजाई
समूहबाट ब्यक्तिगत सम्पतिमा ,फेरियो
एकलौटि सिन्डिकेट बेरियो, प्यासि नजर घेरियो ।।

आमाको मनलाई जब निजि सम्पति बनाईयो
सुरु भयो एकाधिकार,नारी जातीको चीत्कार
नारीहरु कसैको पेवा, दासी, प्यासी, सिकारी
सब पुरुष भए सिन्डिकेटधारी, बलत्कारी

सिन्डिकेट एकलौटि पनको उपज हो,
नारी अस्मिता त्यहि बेला देखिको कुफत हो,
रक्त पिपासु शासकहरुको बहादुरिको रजाई हो,
हज्जारौ निर्मलाहरुको आँशु र आक्रोसको भाका हो,
जबसम्म ढल्दैनन र गल्दैनन, रक्तपिपासु कु-संस्कृतिहरु
सिन्डिकेट र बलत्कार बिरुद्द उदाउने छैनन
सुन्दर बिहानिका स्विकृतिहरु

(मानव संस्कृति सभ्यतामा समर्पित)