उत्पादनमुखी शिक्षाको अभाव

635
views

महेन्द्र जिसी
पर्वत, १ पुष । कुश्मा नगरपालिकाका मावि तहका बालाबलिकाहरुले संघीयता अनुरुपको उत्पादनमुखी शिक्षा लागु नभएको बताएका छन । मुलुकमा केन्द्रीय पार्देशीक र स्थानीय शासन शुरु भएपछि शिक्षामा अझै विकेन्द्रीकरण भईनसकेको बताए ।

आईतबार भएको संघीयतामा शिक्षा विषयक बक्तीत्वकलामा विद्यार्थीहरुले यस्तो धारणा राखेका हुन । उनिहरुले अहीले पनि देशमा पुरानै शिक्षा एैन नीति निर्देशिका लागू हुनुले विकेन्द्रीकृत शिक्षा प्रणाली लागू हुन नसकेको उनीहरुले बताए ।

शिक्षा विकासको मुल मेरुदण्ड भएपनि नीति निर्माण तहमा पुग्ने जनप्रतिनिधिहरुलाई शैक्षिक मापदण्ड नहुनु तथा केन्द्रले लादेका नीति नियमले विकट गाउँका विद्यालयमा लागू हुनुले संघियतामा शिक्षाका वालवालिकाहरुलाई कुनै प्रभाव नपारेको बताएका हुन ।

स्थानीय साधन श्रोतको उच्चतम उपयोग गरेर मुलुक सम्वृद्धि उन्मुख हुने लक्ष्य रहेको भएपनि कानूनमा मात्र लेखिएको शिक्षा सुनिश्चितताले शैक्षिक बेरोजगार बढेकोप्रति बालबालिकाहरुले चिन्ता व्यक्त गरे ।

कुश्मा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्धारा आयोजना गरीएको वक्तृत्वकलामा नगरपालिकाका १५ सामुदायीक र संस्थागत विद्यालयको सहभागिता रहेको थियो ।

प्रत्योगितामा शिवालय मावि प्रथम, आदर्श आवासिय मावि द्धितिय, नारायण मावि तृतीय र शहीद स्मारक ईंग्लीस वोर्डिङ स्कुल सान्वत्वना भएका छन् ।

कार्यक्रममा अध्यक्ष नगरशिक्षा अधिकारी राजेन्द्र बहादुर क्षेत्रीले बालबालिकामा भएको अन्तरनिहीत क्षमता विकास गराउन र मूलूकका भावि कणदारको भावना जागृत गराउन प्रतियोतिाको आयोजना गरीएको बताए ।

प्रतियोगिताको निर्णायकमा शिक्षाका लागि सामुहिक अभियान्ता राजेन्द्र पहाडी, पत्रकार ओम प्रसाद घायल, श्रोत व्यक्ति प्रेम सुवेदी रहेका थिए ।