परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अमेरिका जाँदै

1044
views

काठमाडौँ, २, पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अमेरिका भ्रमणका लागि सोमबार बिहान त्यसतर्फ जादैछन् । भ्रमणका क्रममा मन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग बुधबार भेट गर्नेछन् ।

अमेरिकामा ह्वाइट हाउस, अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (यूएसएड), र मिलेनियम च्यालेन्ज सहयोग कार्यक्रमलगायत निकायका उच्च अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयद्वारा जरी विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै, बुधबार परराष्ट्र सचिव शंकर वैरागीको नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले अमेरिकाको दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री एलिस जी बेल्सको नेतृत्वको अमेरिकी टोलीसँग छलफल गर्ने कार्यक्रम छ ।

नेपाली प्रतिनिधि मण्डलमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की, परराष्ट्र तथा गृह मन्त्रालयका सह–सचिवका साथै अन्य अधिकृत पनि सहभागी हुने जनाइएको छ । परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको टोली शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।