अर्थमन्त्री राजिनामा देऊ !

900
views

काठमाडौं । शेयर बजार सुधारमा सरकारले बेवास्ता गरेको आरोप लगाउँदै लगानीहताहरु आमरण अनसनमा बसेका छन् । उनीहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजिनामा समेत मागेका छन् ।

यसअघि एक साता लामो रिले अनसनमा बसेका उनीहरु आफ्ना मागलाई बेवास्ता गरेको भन्दै पुस २ गतेदेखि आमरण अनसनमा बसेका हुन् ।

विभिन्न १० बुँदे माग अघि सारेर उनीहरु सिंहदरबारस्थित स्टक एक्सचेन्जको कार्यालय अगाडि अनसनमा बसेका लगानीकर्ताले शेयर बजार बढाउन नभएर सुधारको लागि अनसनमा बसेको बताए ।

अनसनका संयोजक हरि ढकाल हुन् । उनले माग पूरा भएको अवस्थामा शेयर बजार प्राकृतिक रुपमा अघि बढ्ने दाबी गरेका छन् ।