रहेनन् पूर्वप्रधानमन्त्री तुलसी गिरी

764
views

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको ९३ बर्षको उमेरमा निधन भएको छ । गिरीको मंगलबार बिहान ६ बजे बूढानीलकण्ठस्थित निवासमा निधन भएको परिवारले जनाएको छ ।

उनकी श्रीमती सराहा गिरीले लामो पछिल्लो समय कलेजोको क्यान्सर, मुटु रोग र हाड सम्बन्धी रोगबाट पीडित रहेको बताइन् ।

धनुषामा जन्मिएका गिरी वि. सं.२०१७ सालअघि कांग्रेस राजनीतिमा सक्रीय थिए । उनी २०१७ मा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागु गरेपछि २०१९ देखि २०२१ सम्म मन्त्रिपरिषद अध्यक्ष बनेका गिरी थिए ।

२०३२ देखि २०३४ सम्म नेपालको प्रधानमन्त्री बनेका उनी २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले सत्ता हात लिएका बेला मन्त्रिपरिषद् उपाध्यक्ष बने । राजतन्त्रको अन्त्य भएपछि गिरी राजनीतिमा निस्क्रिय थिए ।