काँग्रेस महासमिति बैठकमा खैलाबैला

774
views

काठमाडौं । कांग्रेसको महासमिति बैठकमा शीर्ष नेताहरुबीच मुक्का हानहान भएको छ । नेताहरुबीच मुक्कामुक्की चलेपछि जिल्ला सभापतिहरु नाराबाजीमा उत्रिएका छन ।

बैठकमा सभापति शेर बहादुर देउवाले सम्बोधन गर्ने तयारी गरीरहेका बेला माईक खासिएपछि हात हलहाल भएको बाहिरिएको छ ।

नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले देउवाले समातेको माईक खोसेपछि प्रकाशशरण महतले प्रतिबाद गरेका थिए । प्रतिवाद चल्दै गर्दा हात हालाहालको स्थिति सिर्जना भएको थियो ।

विधान मस्यौदा प्रतिवेदन बैठकमा प्रस्तुत गर्न ढिला भएपछि महासमिति सदस्यहरुले प्रतिवेदन विना बैठक चल्न नसक्ने अडान लिएका थिए । महासमिति बैठकमा विधान मस्यौदामा सहमति जुट्न सकेको छैन ।