लैङ्गिक हिंसा विरुद्ध सचेतनामुलक कार्यक्रम

703
views

पर्वत । कुश्मा नगरपालिका वडा नं ३ कोट गाउँ स्थित जिल्ला प्रहरी कार्यालय तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माले लैंगिक हिंसा विरुद्ध सचेतनामुलक कार्यक्रम गरेको छ । कार्यक्रमको समायोजन चन्दी उत्पीडित युवा विकास मञ्चले गरेको हो ।

कार्यक्रममा लैंगिक तथा घरेलु हिंसाका साथै समसामयिक विषयहरुमा अन्र्तक्रिया गरिएको थियो । कार्यक्रममा दुईसय पचास भन्दा बढी स्थानीयको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले समाजमा हुने घरेलु तथा लैंगिक हिंसा विरुद्ध समुदाय एक हुनुपर्ने बताए ।

चन्दी मञ्चका अध्यक्ष गणेश वस्यालको अध्यक्षतामा भएको सो कार्यक्रममा वडाअध्यक्ष तेज प्रसाद पाध्याले सचेत नागरिकले समाजमा हुने गरेका हिंसाका विरुद्ध जनआवाज उठाउनुपर्ने बताए ।