श्रीलंकाली प्रधानमन्त्रीमा विक्रमेसिंघे पुनस्थापित

769
views

काठमाडौं । श्रीलंकाली प्रधानमन्त्रीमा रानिल विक्रमेसिंघे पुनस्थापित गरिएका छन् । श्रीलंकाली सर्वोच्च अदालतले राष्ट्रपति सिरिसेनाको संसद भंग गर्ने निर्णय अवैधानिक भएको फैसला गरेपछि उत्पन्न नयाँ परिस्थितिअनुसार राजापाक्षेले प्रधानमन्त्रीको ओहदाबाट राजीनामा दिएपछि विक्रमेसिंघेको पुनर्स्थापित हुने ढोका खुलेको हो ।

राष्ट्रपति मैथ्रिपालाले विक्रमेसिंघेको पुनस्थापनाको स्वागत गर्दै यसलाई वैधानिकता दिन पुगेका छन् । उनले चालेका कदमहरु एकपछि अर्को गरी कमजोर र आधारहीन बन्दै गएपछि अन्ततः यो स्थितिको पुनस्र्थापना भएको हो ।

गत अक्टोबरमा प्रधानमन्त्री रानिल विक्रमसिंघेलाई बर्खास्त गरी राष्ट्रपति निर्वाचनका बखत उनका प्रतिद्वन्द्वी महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए । त्यस लगत्तै मैथ्रिपालाला सिरिसेनाले संसद बिघन गरेका थिए । मैथ्रिपालाको प्रधानमन्त्री वर्खातको कदमको निकै विरोध भएको थियो । यसमाथि संसद नै बिघटन गरेपछि त उनको विरोध सडकमा नै पोखिएको थियो ।

यी कदमहरुका विरुद्ध एकएक गरी अदालतमा रिटहरु परिरहेका थिए । लंकाली सर्वोच्च अदालतले पहिले संसद पुनस्र्थापनाको मुद्दालाई व्युँझाइदिए पछि राष्ट्रपतिका सबै कदमहरु अमान्य हुन पुगेका छन् । चर्को शीतयुद्धको बिजारोपण गर्दै एक चरणको सत्ता छिनाझप्टी अस्थायी रुपमा टुंगिएको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।