एभोकाडोबाट एकलाख आम्दानी

762
views

धनकुटा । पछिल्लो समयमा पहाडी जिल्लाहरुमा पनि एभोकाडो फल लोकप्रिय बन्दै गएको छ । एभोकाडो फलकै कुरा गर्दा धनकुटाका एक कृषकले एउटै बोटवाट एकलाख रुपैंयाँ भन्दा बढीको एभोकाडो बिक्रि गरेका छन् ।

धनकुटा नगरपालिका वडा नम्बर ४ स्कुल डाँडाका कृषक राजकुमार तामाङ्गको बारीमा लगाएको करिब २५ वर्षे पुरानो बोटमा एकलाख रुपैंयाँभन्दा बढिको एभोकाडो फलाएका हुन् ।

करिब १० क्विन्टल भन्दा बढी एभोकाडो फलेपछि उनको आम्दानी पनि बढेको हो । अहिले कृषकले बारीमै प्रतिकिलो १ सय ५० रुपैंयाँभन्दा बढी पाउने गरेका छन् ।