कृष्टल गहना निर्माण तालिम शुरु

1241
views

बागलुङ, ११, पौष । बागलुङ जिल्ला जैमिनि नगरपालिकाले कृष्टल गहना उद्यमी निर्माण गरि ब्यासायिक र प्रशिक्षण उत्पादन गर्न ४ दिने तालिम शुरु भएको छ ।

तालिमको उद्घाटन गर्दै जैमिनि नगरप्रमुख ईन्द्रराज पौडेलले आधा आकाश भनिने महिलालाई सीप ज्ञान सिकाई ब्याबसायिक उद्यमी तयार गर्न तालिम दिइएको बताए ।

कार्यक्रममा उप प्रमुख लिला रानाले महिलाको आर्थिक आत्मनिर्भर बनाउन प्रत्येक वार्ड बाट ३ जनाको दरले ३० जना लाई नमुना तालिम दिएको बताए ।

सत्कर्म नेपाल एवं नागरिक संजालका अभियान्ता सिताराम थापाले बिगत देखि गरिएका यस्ता तालिम ब्याबसायि नबन्नुमा सरकारी नीति र कार्यान्वयनको अभाव रहेको बताए ।

तालिमको स्वागत तथा उद्वेश्यमाथि जैमिनि कार्यपालिकाका सदस्य रुद्र केसी र सञ्चालन बरिष्ठ अभिकृत भेषराज शर्माले गरेका थिए ।