मेयरको गाडी चढ्ने रकम खानेपानी र सडकमा

481
views

विदुर, ११, पौष । विदुर नगरपालिकाको मेयरलाई सवारी साधन खरिदको लागि विनियोजित रकम खानेपानी आयोजना र सडक निर्माणमा रकमान्तर भएको छ ।

विदुर नगरपालिकाको तेश्रो नगरसभाबाट पारित चालु आर्थिक वर्षको सवारी साधन खरिद शिर्षकको बजेट आगामी नगरसभाबाट अनुमोदन गर्ने गरी पचास लाख रुपैयाँ खानेपानीमा विनियोजन भएको हो । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितका अनुसार ‘डिप बोरिङ्ग’ गरेर २० हजार घनमिटर पानी संकलन गरि नगरवासीलाई वितरण गरिनेछ ।

त्यस्तै, आँपघारी चौतारो सडक मर्मतको लागि सवारी साधन खरिदका लागि विनियोजित रकमबाटै रकमान्तर भएको छ । त्यसमा पन्ध्र लाख रुपैयाँ रहेको र उक्तरकम पुँजिगत कार्यक्रममा रकमान्तर गरी योजना कार्यान्वयन गर्ने निर्णय भएको प्रमुख पण्डितले बताए ।

खानेपानी आयोजना अन्र्तगत १०/१० लाखको घनमिटर ट्याङ्की २ वटा सञ्चालन गरिने छ । त्यसबाट विदुर नगरपालिकाको वडा नं. १, २, ४, ५ र ६ का नागरिकहरु लाभान्वित हुने छन् । उक्त योजना अन्र्तगत २ सय २२ धारा निर्माण हुने बताइएको छ ।