भूपि स्मृति दिवस

2821
views

महेन्द्र जिसी
पर्वत, १२, पौष । स्वर्गीय युवा कवि भूपी शेरचनको ८४ औं स्मृति दिवस मनाइएको छ । स्व कवि भूपि शेरचनकी धर्मपत्नी कान्ति शेरचन तथा साहित्यकार डा. सुधा त्रिपाठी र नेपाल नाट्य प्रतिष्ठानका पूर्व कूलपति प्राज्ञ सरुभक्त लगायतको सहभागितामा भूपि स्मृति दिवस मनाइएको हो ।

धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल नाट्य प्रतिष्ठानका पूर्व अध्यक्ष सरुभक्तको प्रमुख आतिथ्यता रहेको थियो । स्मृति दिवषका आवसरमा प्रतिष्ठानले स्थापना गरेको रु १५ हजार र राशीको भूपि स्मृति पुरस्कारबाट डा सुधा त्रिपाठीलाई सम्मान गरीएको हो ।

यस्तै साहित्यकार सरुभक्तलाई ५ हजार नगद सहित भूपि सम्मान प्रदान गरिएको थियो । भुपि धर्म पत्नी कान्ति शेरचनले नगद रु २ लाख बराबरको प्रतिष्ठानका कोष स्थापना गर्नुभयो । साहित्यकार सरु भक्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्यकार हरि पाण्डेयद्वारा कवि भूपि तथा पुरस्कृत श्रष्टाको परिचय सहित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

स्मृति दिवसमा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दील श्रीस, म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुबलाल शर्मा, पर्वत साहित्य सङ्गमका पूर्व अध्यक्ष इन्द्रमान खत्री, भूपि पत्नी कान्ति शेरचन पुरस्कृत श्रष्टा डा. सुधा र प्रमुख अतिथि सरुभक्तले भूपिको साहित्यिक योगदानको चर्चा गर्नुभएको थियो ।