पहिलो चरणको चुनाव सम्पन्न, ७० प्रतिशत मत खस्यो-आयोग

591
views

बैशाख ३१, काठमाडौं । स्थानीय तह अन्तर्गत आइतबार भएको पहिलो चरणको निर्वाचन केही स्थानमा छिटपुट घटना भएपनि शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रदेश ३, ४ र ६ मा भएको पहिलो चरणको चुनावमा मत हाल्न बिहानैदेखि मतदान केन्द्रमा सर्वससाधारणहरुको उत्साहजनक सहभागिता थियो ।स्थानीय तहको निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको आयोगको अनुमान छ । ३४ जिल्लामा आज पहिलो चरणको निर्वाचनमा ७० प्रतिशत मत खसेको आयोगले बताएको छ ।
अहिलेसम्मको प्रारम्भिक तथ्यांकको बिश्लेषण गर्दै आयोगले यो विवरणको अनुमान गरेको छ । आयोगले निर्वाचनमा निकै उत्साहजनक सहभागिता रहेको बताएको छ ।
मतदान सकिँदासम्म आयोगमा प्राप्त जिल्लागत विवरणका आधारमा आयोगले ७० प्रतिशत मतदाताले आफ्नो मताधिकर प्रयोग गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।