सर्वसहमत रुपमा प्रदेश राजधानी र नामकरणको निर्णय

557
views

हेटौंडा । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेश राजधानी र नामकरणको विषय सर्वसम्मत निर्णय गर्नका लागि पर्खिएको बताएका छन् ।

संसद् सचिवालय हेटौँडाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश राजधानीको विषय टुङग्याउनका लागि अदालतमा मुद्दा परेको र राजनीतिक सहमति पनि नजुटेकाले तत्काल टुङ्गो लगाउनका लागि समस्या भएको बताए ।

सभामुख श्रेष्ठल प्रदेश नं ३ को हिउँदे अधिवेशन बिहीबारबाट सकिएको छ भने एक महीनापछि वर्षे अधिवेशन बस्ने गृहकार्य भइरहेको जानकारी दिए ।

उपसभामुख राधिका तामाङले नगर, महानगर, गाउँपालिकाका उपाध्यक्षको अधिकार कानूनमा उल्लेख भएर आए पनि उपसभामुखको अधिकार कानूनमा नै उल्लेख नहुँदा समस्या भएको बताए ।