एकिकृत घुम्ती शिविरमा पाँचलाख बढी राजश्व संकलन

640
views

महेन्द्र जिसी
पर्वत । जलजला गाउँपालिकामा सञ्चालित सम्पत्ति तथा भूमिकर संकलन शिविरको पाँचौ दिनसम्म पाँचलाख ३० हजार एक सय २१ रुपियाँ राजश्व संकलन भएको छ ।

गाउँपालिकाले थालेको एकिकृत शिविरमा सम्पत्ति तथा भूमिकर वापत राजस्व संकलन गरिएको हो । गाउँपालिकाका १,२,३ र ४ वडामा सम्पन्न शिविरमा ७ सय ४९ जनाबाट सम्पत्ति तथा भूमिकर वापतको उक्त रकम संकलन भएको टोलीका संयोजक तथा सम्पत्ति तथा भुमिकर फोकल पर्सन भेषनाथ आचार्यले जानकारी दिए ।

स्थानीयबासीको सुबिधाका लागि गाउँपालिकाले हरेक वडामा पुगी कर संकलन गर्नका लागि शिविर सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारीले जानकारी दिईन् ।

गाउँमै कर भुक्तानीको सुविधा दिनका लागि गाउँपालिकाले शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले बताए ।

शिविर पुष २२ गते सम्म सञ्चालन हुने छ । जलजलामा १०२४ करदाता रहेका छन् । हाल सम्म शिविर र कार्यालयमा गरी ७ लाख ९५ हजार ८ सय ३८ रुपियाँ राजश्व संकलन भएको फोकल पर्सन आचार्यले जानकारी दिए ।