हेमजा सिँचाई प्रणालीको अध्यक्षमा–तिमिल्सिना

501
views

गोबिन्द तिमिल्सिना
हेमजा, १४ पुष । पोखरा महानगरपालिका वडा न. २५ हेमजामा रहेको हेमजा सिचाई प्रणाली जल उपभोक्ता संघको १० औ अधिबेशन तथा उपभोक्ता भेला शनिबार सम्पन्न भएको छ । भेलाले दुर्गाप्रसाद तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्य समिति चएन गरेको छ ।

त्यस्तै समितिको उपाध्यक्षमा तिलक प्रसाद पौडेल, सचिवमा शान्ति थापा र कोषाध्यक्षमा झबिलाल सापकोटा चएन भएका छन । त्यसै गरि अन्य सदस्यहरुमा गंगा बहादुर कार्की, पुर्णभद्र तिमिल्सिना, भक्त बहादुर थापा, बुद्धि बहादुर थापा, कृष्ण बहादुर थापा र यम बहादुर खत्री चएन भएका छन ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बृहत जलघाट मापन केन्द्र गण्डकीका प्रमुख रामसिंह थापाले नहर मर्मतमा आफुले सहयोग गर्ने बताए । कार्यक्रममा संस्थापक अध्यक्ष धर्मराज बास्तोला, सिञ्चाई डिभिजन कार्यालय कास्कीका इन्जिनियर छविलाल सुवेदी, निबर्तमान अध्यक्ष दान बहादुर थापा लगायतले शुभकामना ब्यक्त गर्दै नहर बचाउनु पर्नेमा जोड दिए ।

सिचाई प्रणाली जल उपभोक्ता सधंका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत उपाध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाले र सञ्चालन सचिव घनस्याम तिमिल्सिनाले गरेका थिए ।