बागलुङमा सस्तो हनेटल र सांस्कृतिक सांझ

694
views

सीताराम थापा
बागलुङ, १६ पुस । अंग्रेजी नयाँ वर्ष मनाउन बागलुङ भित्रिने पर्यटकले १०० रूपैयाँमै एट्याच र डिलक्स होटलको कोठा पाउने भएका छन् । पर्यटकहरुलाई आकर्षित गर्न होटल व्यवसायी बाट छुट योजना ल्याएका हुन् ।

अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९ को अवसर पारेर बागलुङ पर्यटन विकास समितिले आज सोमबार राष्ट्रिय तथा ख्याति प्राप्त कलाकार हरुको प्रश्तुतिको साथ साङ्गीतिक साँझको आयोजना गर्दैछ ।

उक्त कार्यक्रमलाई लक्षित गरेर १० वटा होटल व्यवसायीले समिति संगको सहकार्यमा सोमबार एक दिनलाई छुटमा कोठा दिने भएका हुन् । चर्चित सुबिधा सम्पन्न होलटहरु रेड एप्पल, पिस प्यालेस, दि राजन, समिट, हिल भ्यु, आरति, न्यु एरा गृह लक्ष्मि, लगायत दुई दर्जन हनेटल रहेका छन ।

खाना, नास्तामा भने चल्तीकै दर कायम गरिने र होलट ब्याकसायि अनुसार छुट दिन सक्ने छ । नयाँ वर्ष मनाउन जिल्लामा आकर्षणको लागि पर्यटक भित्र्याउन र जिल्लाबाट बाहिर नगई जिल्लामै राख्ने उद्देश्य रहेको समितिका अध्यक्ष राजु खड्काले बताए ।

“थुप्रै मानिस नयाँ वर्ष मनाउन बाहिर जान्छन र बागलुङ पर्यटन गन्तव्य भय पनि यहाँ कमै आउछन“ यसैले जिल्लामै रमाउने वातावरण सिर्जना गर्न खोजका पत्रकार सम्मेलनमा खड्काले जानकारी दिए ।

बागलुङको पर्यटन प्रवर्द्र्धन गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने होटल व्यवसायी समितिसँग मिलेर एउटा सन्देश दिन खोजेको हनेटल ब्याबसायि समितिका सचिव अर्जुन चोखालले बताए । पाहुनाको चाप भएमा अन्य होटल पनि विशेष छुटमा कोठा दिन तयार छन् ।

समितिले जिल्लाको पर्यटन प्रर्वद्धनका लागि बागलुङमा विभिन्न गतिविधि गर्दै आएको छ । सरकारले हालैमात्र कालिका भगवती मन्दिर, ढोरपाटन, भकुण्डे, भैरवस्थान र गाजाको दहलाई पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत गरेपछि पर्यटन क्षेत्रमा थप आशा जागेको नागरीक अभियान्ता समेत रहेको सिताराम थापाले बताए ।

अभियान्ता थापाले बागलुङमा ५ हजार सम्म एकैपटक राख्न सकिने क्षमता भएको होटल भएको पनि बताए ।