वाई वाई विप्लवः पार्टी छाडे दुईदर्जन नेता कार्यकर्ताले

2470
views

काठमाडौं । विप्लव नेतृत्वको नेकपा छाडेर सो पार्टीका केही नेता कार्यकर्ताहरु सत्ताधारी नेकपामा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रवेश गराउँदै ‘प्रचण्ड’ले अब समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा जान लागेको बताए ।

आज दिउँसो प्रचण्ड निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले समयमा नै विप्लव नेतृत्वको नेकपा छाडेकोमा नवप्रवेशी नेता कार्यकर्तालाई धन्यवाद दिए ।

अधयक्ष प्रचण्डले क्रान्तिको नियम नै कहिले उकालो चढ्नु पर्ने त कहिले ओरालो झर्नुपर्ने भएकोले यो दुवै अभ्यासबाट शिखरमा पुग्न सकिने दाबी गरे ।

अध्यक्ष प्रचण्डले बिद्रोह र शान्तिपूर्ण आन्दोलनलाई समायोजन गरेर र क्रान्तिकारी पार्टी र संसदवादी पार्टीहरुबीच समझदारी गराएर गणतन्त्र र समावेशी सम्भव भएको बताए । प्राप्त उपलब्धी सानो र सजिलो गरी नभई हजारौको बलिदानबाट भएको उनको भनाई थियो ।

कार्यक्रममा विप्लव नेतृत्वको विद्यार्थी संगठनका केन्द्रीय सचिवालय सदस्य राजन राईको नेतृत्वमा २२ जना नेता तथा कार्यकर्ताहरुलाई अबिर र खादा लगाई आफु रहेको पार्टीमा प्रवेश गराउनु भएको थियो ।

पार्टी प्रवेश गर्दै सचिवालय सदस्य राईले अध्यक्ष प्रचण्डको नेतृत्वमा नै समाजवादी क्रान्ति सम्पन्न हुने विश्वास व्यक्त गरे ।