सरकार बरालिए प्रतिपक्षी छ–गगन

772
views

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेकपासँग सरकार चलाउन सक्ने क्षमता नभएको बताउँदै सरकार बरालिए प्रतिपक्षी रहेको बताएका छन् । थापाले सोमवार राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले आजनेपाली युवा आफ्नो प्रधानमन्त्री देखेर निराश भएको दाबी गर्दै भने ‘आज त्यही दिन हो जुन दिन प्रधानमन्त्रीले सबैलाई पानीजहाज चढ्नका निम्ति निम्तो गर्नुभएको थियो । यो उडाउने, हास्ने, हल्का विषय मात्र होइन, आज देशको सम्पूर्ण नागरिकलाई शंका लागिरहेको छ, मेरो देशको प्रधानमन्त्रीसँग सांसदको तागत छ, तर देश चलाउने क्षमता छ कि छैन भनेर ? सरकार बरालिए पनि प्रतिपक्षी छ भनेर हामीले हौसला दिने बेला आएको छ ।’

नेता थापाले नेकपाका दुईटा पाइलटमध्ये एउटालाई संघीयता मन नपर्ने अर्काे पाइलटलाई लोकतन्त्र मन नपर्ने ‘इन्जिन गणतन्त्रको छ, इन्जिन चल्दै चल्दैन । उहाँहरुलाई यसैगरी चलाउन दिइराख्यौं भने सरकार अवश्य बरालिन्छट ।’

संघीय लोकतान्त्रिक गणतन्त्र चलाउने जिम्मा लिएर बसेको शक्ति बरालिएको बेलामा कांग्रेस चनाखो बन्नुपर्ने पनि बताए ।