जाजरकोटको शिवालय गाउँपालिकाको वडामा माओवादी केन्द्रको प्यानल नै विजयी

652
views

काठमाडौँ, १ जेठ । जाजरकोटको शिवालय गाउँपालिका वडा नं १ मा नेकपा माओवादी केन्द्रका मानवहादुर पुनको प्यानल विजय भएको छ । गाँउपालिका अध्यक्षमा मानवहादुर पुनले २६९ मत ल्याएर विजयी भएका हुन् भने महिला सदस्यमा रामसरी राना २४७ मत ल्याएर विजयी भएका हुन् ।
त्यस्तै सदस्यमा विजयी हुनेमा भद्री दमाई, कृष्णा राना र चन्द्रवहादुर पुन रहेका छन् ।
मनाङमा एमाले पहिलो पटक विजयी
मनाङ जिल्लाको चामे गाउँपालिकाबाट एमालेले बिजयी भएको छ । चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रवहादुर घले २१४ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेका छन् ।

नवलपरासीमा कांग्रेसलाई सफलता विनयीत्रिवेणी गाउँपालिकाको वडा नं ५ मा विजयी
नवलपरासी, जेठ १ । नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । २६ सय मत गणना हुँदा नेपाली कांग्रेसका अध्यक्ष उम्मेद्वार डम्बर जिसीले १५ सय ११ मत ल्याउनुभएको छ ।
यस्तै एमालेका उम्मेद्वार लक्ष्मण पाण्डेले ९ सय ४८ मत ल्याउनुभएको छ । उपाध्यक्षमा कांग्रेसकी मिना रानाले १५ सय ११ तथा एमाले उम्मेद्वार तारा बिकले ९ सय ५१ मत ल्याउनुभएको छ । गाउँपालिकाको वडा नम्बर ५ को सबै पदमा कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।