नारच्याङमा अबैध क्रसर उद्योगको ब्रह्मलुट

901
views

मुस्ताङ, १७, पुस । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ । जलविद्युत आयोजनाको आडमा क्रसर सञ्चालन गरेर नदीजन्य पदार्थको चरम दुरुपयोग भएको छ ।

तस्विरः ठाकुर आचार्य


नारच्याङको पटार स्थित मिस्त्री खोलाबाट नदीजन्य पदार्थको उत्खनन् गरी निकासी बढेको छ । नदी किनारमा जथाभावी एक्साभेटर प्रयोग गरेर गिटी,बालुवा र ढुङ्गा उत्खनन् भइरहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर गर्बुजा पुनले बताए । उक्त क्रसरलाई कानुनी दायरामा ल्याउन गाउँकार्यपालिकामा छलफल भएको भएको समेत जनाइएको छ ।

क्रसरले लापरबाही तरिकाले नदीजन्य पदार्थको उत्खनन् गर्दा आसपासका क्षेत्र समेत जोखिममा परेका छन् । मिस्त्रीखोला आयोजनाको नजिकै अर्को क्रसर समेत सञ्चालनमा रहेको छ । आयोजनालाई आवश्यक पर्ने निर्माण साम्रागी आफ्नै क्रसरबाट उत्पादन गर्ने गरेपनि जलविद्युत आयोजनाले समेत अवैध उत्खनन्मा सघाइरहेको स्थानीयको गुनासो छ ।