रविन्द्र अधिकारी सहित तीन मन्त्रीलाई कार्वाहीको सिफारिस

693
views

काठमाडौं, १८, पुस । वाईडबडी विमान खरिद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै वर्तमान र पूर्व गरी तीन मन्त्रीलाई कार्वाहीको सिफारिस गरेको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भएको घोटालाका सम्बन्धमा छानबिन गर्न बनेको संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले विमान खरिद प्रक्रियामा संलग्न नागरिक उड्डयनमन्त्रीमाथि कारबाही सिफारिस गरेको हो ।

उपसमितिको मंगलबार दिउँसोदेखि रातिसम्म बसेको बैठकले विमान खरिदमा झण्डै चार अर्ब रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको छ ।

विमान खरिदमा वर्तमान मन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीहरु जितेन्द्र देव र जीवनबहादुर शाही संलग्न छन् ।