फाल्गुन ९ देखि २९ सम्म दोस्रो देवचुली महोत्सव

780
views

शोभा जिसी
नवलपरासी, १९, पुस । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा फाल्गुन ९ देखि २९ गतेसम्म देवचुली महोत्सव हुने भएको छ ।

विहीबार देवचुली उद्योग वाणिज्य संघ देवचुली नगरपालिकाको आयोजनामा भएको महोत्सवमा महोत्सवको बारेमा जानकारी गराइएको थियो । महोत्सव देवचुली नगरपालिका ३ शास्वत धामको पश्चिम पट्टीको चौरमा हुने छ ।

देवचुली उद्योग वाणिज्य संघले यस अघि दुई बर्ष अगाडि महोत्सव गरेको थियो । यस पटकको महोत्सवमा १५ करोडको कारोबार गर्ने लक्ष्य रहेको महोत्सव आयोजक संस्था देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाले पत्रकार सम्मेलनमा जानकारी गराए ।

जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका साथै शिक्षा, कृषि, पर्यटन, उद्योग, व्यापार, स्वास्थ्य क्षेत्रको प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न थालिएको आयोजक संस्थाले जनाएको छ ।

पत्रकार सम्मेलन बोल्दै देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठले महोत्सवका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।

दुई सय बढी स्टलहरु रहने महोत्सवमा एक लाख ५० हजार बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सव संचालनका लागि ५१ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ ।