कोसी टप्पुमा जलपंक्षीको गणना शुरु

3464
views

इनरुवा, २२, पुस । कोसी टप्पु वन्यजन्तु आरक्षको सीमसार क्षेत्रमा पार्यने जलपंक्षीको गणना शनिबारबाट शुरु भएको छ । सीमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन कोसी टप्पु र यस आसपासका इलाकामा जलपक्षी (पानी चरा) को गणना शुरु भएको हो ।

कोसी पंक्षी समाज, हिमाली प्रकृति, नेपाल पंक्षीविद् संघ र कोशी टप्पु वन्यजन्तु आरक्षको अगुवाइमा पानी चराको गणना शुरु भएको कोसी पक्षी समाज प्रकाशपुर सुनसरीका संयोजक अनिश तिम्सिनाले जानकारी दिए ।

चराको वास्तविक अवस्था पत्ता लगाई यसको संरक्षणका लागि आगामी रणनीति तयार गर्न सरकारलाई सहयोग गराउने उद्देश्यले चराको गणना शुरु गरेको गरिएको हो ।

सुनसरीको चतराबाट शुरु गरिएको चरा गणना कोसी टप्पु आसपासका क्षेत्रमा पाँच दिनसम्म चल्ने बताइएको छ । चराको काम गर्दै आएका दुई समूहमा गरी जम्मा १४ जनाको टोलीले गणना गर्नेछन् ।

चरा गणनाका लागि गणना टोलीले डुङ्गा, जिप सफारी, क्यामरा, दूरवीन, टेलिस्कोपलगायतका यन्त्र प्रयोग गरिनएको छ ।

कोसी टप्पुमा पछिल्लो तथ्याङ्कअनुसार ५२६ प्रजातिको चरा रहेकामा सन् २०१८ मा गरिएको गणनाअनुसार ५६ प्रजातिका पानी चरा पाइएको थियो ।