“टिक टक’ प्रयोगकर्ता समूहद्वारा क्यान्सर पीडितलाई सहयोग

1036
views

सचिन्द्र श्रेष्ठ
वाग्लुङ, २३ पुस । मनोरन्जनात्मक सामाजिक संजाल टिक टक प्रयोगकर्ता सोहि मध्यमबाट सामाजिक कार्यमा समेत जुटेका छन् । टिक टक प्रयोग कर्ताहरुको एउटा समूहले काठमांड़ौमा ’च्यारिटी १००’ नामको एउटा ग्रुप बनाएर समाजसेवा गर्ने गरेका छन् । ओखलढुंगा निवासी क्यान्सर पीडित १५ बर्षीय बालिका मिसना राई लाई बीस हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

सो रकमा ’नेपाल च्यारिटी १०० ’का तर्फ बाट पुनम कुँवर, पुजा मगर, रेहान, बिनी क्षेत्री र मारिया समेतले पीडितलाइ हस्तान्तरण गरेका छन् । गत महिना दुवै मिर्गौलाले काम नगर्ने अवस्थामा रहेकी मन कुमारी तामाङलाई १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको टिकटक प्रयोग कर्ताहरुले सामाजिक कार्यमा निरन्तरता दिदै आएका हुन् ।

च्यारिटी कार्यक्रममा यूएईबाट पनि दुबई टिम नेपयूएईका प्रयोगकर्ताहरुले नियमित सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्तै सहयोग निरन्तर गरिरहने आफुहरुको योजना रहेको कुरा नबिन पौडेल र एमडी बोहोराले जानकारी दिए ।

मानबिय सहयोग गर्ने इच्छा भएमा हरेक कुरालाई सकारात्मक रुपमा लैजान सकिन्छ भन्ने एउटा उदाहरण सामाजिक संजाल टिक टक प्रयोग कर्ताले दिएका छन् । करीब १ महिना पहिले पनि टिकटक प्रयोगकर्ताको दुबईमा भब्य भेला सम्पन्न भएको थियो ।