मतगणना जारी रहँदै गर्दा १७ स्थानमा माओवादी केन्द्रको अग्रता

599
views

पर्वत, १, जेठ । पहिलो चरणको आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनामा माओवादी केन्द्र अहिले १७ स्थानमा अग्रता लिएको छ । ७९ स्थानीय तहको मतगणना कार्य सुरु भइरहेको छ । पछिल्लो परिणाम अनुसार एमालेले तीनवटा स्थानीय तहमा विजय हासिल गरिसकेको छ भने कांग्रेसले एक स्थानमा जित हाँसिल गरेको छ । भने ललितपुरको कञ्जोस्यम वडा न १ मा माओवादी केन्द्रका सन्तलाल तामाङ विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार उनी ३५४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका तेजबहादुर लामाले २८० मत प्राप्त गरेका थिए । प्राप्त मतपरिणामअनसार सदस्यहरुमा तामाङकै समूहका वीरबहादुर थिङ, लालबहादुर थिङ, सुमित्रा नेपाली, डोल्मा लामा विजयी भएका छन् ।माओवादीले अग्रता लिएका १७ स्थानीय तहहरु
१. चौरजहारी नगरपालिका (रुकुम)
२. भेरीगंगा नगरपालिका (सुर्खेत)
३. बाफीकोट गाउँपालिका (रुकुम)
४.शिवालय गाउँपालिका (जाजरकोट)
५.बारेकोट गाउँपालिका (जाजरकोट)
६.वागमती गाउँपालिका (मकवानपुर)
७.थाक्रे गाउँपालिका (धादिङ)
८.नेत्रावती गाउँपालिका (धादिङ)
९.गोलनचौर गाउँपालिका (सिन्धुली)
१०.रोशी गाउँपालिका (काभ्रे)
११.कोञ्जोस्योङ गाउँपालिका (ललितपुर)
१२. दार्मा गाउँपालिका (सल्यान)
१३. कपुरकोट गाउँपालिका (सल्यान)
१४. ढोरचौर गाउँपालिका (सल्यान)
१५. रास्कोट गाउँपालिका (कालिकोट)
१६. कालिका गाउँपालिका (रसुवा)
१७. ताराखोला गाउँपालिका (बाग्लुङ)