जैमिनी पशु प्रर्दशनिमा ९० किलोको बोका प्रथम

3119
views

सिताराम थापा
बागलुङ, ३ माघ । प्रथम जैमिनी महोत्सवमा भएको पशु प्रर्दशनिमा ९० किलोको बोका प्रथम भएको छ ।जैमिनी–९ पैंयु थन्थापका देबि प्रसाद शर्माले पालेको बोका ९० किलोको थियो । जैमिनि ९ पैयुथन्थापका टंक बहादुर थापाले पालेको ६५ किलोको बोका द्धितीय भएको छ ।

नमुना कृषि तथा पशु फार्म जैमिनी–४ सर्कुवाका नारायण क्षेत्री र धन बहादुर थापाको संयुक्त फार्ममा पालेको बोका तेस्रो भएको छनौट समितिका संयोजक चक्र बहादुर थापाले बताए ।आर्थिक तथा छनौट समितिमा जैमिनि–४ को वार्ड अध्यक्ष चक्र बहादुर थापा, पशु प्राविधिक कृष्ण ढकाल र कृषि प्राविधिक अर्जुन श्रेष्ठ छनौट रहेका थिए ।

जैमीनीमा भएको बोका प्रर्दशनीले स्थानिय कृषि तथा पशु उत्पादनमा अभिबृद्दि सँग उत्साह बढ्ने बताए ।
९० किलोको बोकालाई प्रर्दशनी स्थलसम्म पिकअपमा ल्याइएको थियो । प्रर्दशनीमा नागरिक अभियान्ता सिताराम थापाले प्रर्दशनिमा ठूलो वजन भएका बोकाहरु राख्दा प्रर्दशनीको महत्व बढ्ने तर निरन्तर्र ७ दिनसम्म राख्न नहुने बताए ।