विश्व आर्थिक मञ्चको बैठकमा भाग लिन प्रम स्विजरल्याण्ड जाने

680
views

काठमाडौं, ५, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्विजरल्यान्डको डाबोसमा विश्व आर्थिक मञ्चको बैठकमा हुने आफ्नो सहभागिताबारे प्रतिनिधिसभालाई जानकारी दिए । पहिलोपटक सहभागी हुन लागेको नेपालले मञ्चलाई देशको इज्जत र प्रतिष्ठा बढाउने विषयमा उपयोग गर्ने प्रधानमन्त्री ओलीले बताए ।

आइतबार प्रधानमन्त्री स्विजरल्यान्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ । फोरममा पहिलो पटक नेपाललाई सहभागी हुन बोलाइनु नेपालले प्राप्त गरेको प्रगतिमा दुनियाँको चासो भएको प्रमको भनाई छ ।

नेपालको द्वन्द्व व्यवस्थापनलाई अन्य मुलुकले सकारात्मक रुपमा हेरेको बताउँ उनले नेपाल विश्वको सानो मुलुक, पछौटे मुलुकको परिभाषामा नभई विश्व मानचित्रमा विभिन्न कोणबाट हेर्नलायक रुपमा स्थापित भइरहेको बताए ।

सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले २२ जनबरीमा स्टाटे«जिक आउटलुक अन साउथ एसियामा आफ्नो धारणा राख्ने छन् । २३ जनबरीमा प्रधानमन्त्री ओलीले सेपिङ दि फ्युचर अफ डेमोक्रेसीका विषयमा धारणा राख्नेछन् । जनवरी २४ मा जी–२० का देशका प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

प्रम ओली यही माघ १२ गते फर्कने कार्यक्रम छ ।