जैमिनी डान्स आईडलमा तीन नारी

1910
views

बागलुङ
सिताराम थापा । दक्षीण भेग जैमिनि नगरपालिकामा भएको जैमिनि डान्स आईडल छनौट भएको छ । साहारा कल्बको ओजना र जैमिनि नगरपालिकाको सहयोगमा भएको जैमिनि डान्स आईडलमा हिमालयन आवशिय बोर्डिङ कुश्मिशेराकी सृजना थापा मगर प्रथम, साहारा कल्बबाट कुश्मिशेराकै सृष्टि थापा मगर द्धितिय र हिमालयन बोर्डिङकी सोलु पुन मगर तृतिय घोषणा भएका छन् ।

जैमिनि डान्स आईडलमा १६ जनाले भाग लिएका थिए । उनीहरुले महोत्सव अवधिमा तीन चरणका नृत्यहरु पर्दशन गरेका थिए । प्रर्दशनपछि सबैभन्दा उत्कृष्ट हुनेहरुलाई प्रथम द्धितिय र तृतियमा छनौट गरिएको थियो ।

प्रथम, दितिय र तृतिय हुनेहरुलाई रु १० हजार ६ हजार र ५ हजार पुरस्कार र डान्स आईडल घोषणा भएको प्रमाण पत्र प्रदान गरिएको आयोजक समितिले जनाएको छ ।

जैमिनिमा डान्स आईडल जितेकाहरु अवसर पाएमा राष्ट्रिय स्तरमा अगाडि बड्न सक्ने तृप्ति थापा मगरले बताईन् ।