महाशिला गाउँपालिका–१ मा एमालेको प्यानल बिजयी

583
views

पर्वत, १ बैशाख । पर्वतको महाशिला गाउँपालिका १ मा एमालेको प्यानल बिजयी भएको छ । महाशिला गाउँपालिकाको अध्यक्षमा एमाले ४१४, नेपाली काँग्रेस ३३६, र माओवादी केन्द्र १५ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा एमाले ४२८, नेपाली काँगे्रस ३५१ र माओवादी केन्द्रले १८ मत प्राप्त गरेका छन् । यस्तै महिला सदस्यमा एमाले ४०९, नेका ३७९, दलित महिला सदस्यमा एमालेले ४१०, काँग्रेस ३६५ र खुल्ला सदस्यमा एमालेका दुईजना उम्मेदवारले ४०३ र नेपाली काँग्रेसका एकजना उम्मेदवारले ३५० र माओवादी केन्द्रले ३२९ मत प्राप्त गरेका छन् । सार्वजनिक नतिजा अनुसार महाशिला गाउँपालिकामा एमालेको पुरै प्यानल विजयी भएको निर्वाचन अधिृकत कृष्ण प्रसाद रेग्मीले जानकारी दिएका छन् ।