‘विप्लव’ माओवादीद्वारा २ वटा ट्रकमा आगजनी

910
views

सुर्खेत,माघ–५ नेपाल कम्यूनिष्ट पार्टी नेत्र विक्रम चन्द (विप्लव) समूहले बन्दको अवज्ञा गरेको भन्दै सुर्खेतमा २ वटा सवारीसाधनमा आगजनी गरेको छ ।

आज विहान पश्चिम सुर्खेतको बड्डीचौर र सदरमुकाम वीरेन्द्रनगर नजिकै सत्तरीमा गरि दुई वटा छुट्टाछुट्टै माल मालवाहक सवारीसाधनमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आगजनी भएको सूचना पाए लगत्तै थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनु भयो । उहाँका अनुसार नेपालगञ्जबाट खाद्यन्न बोकेर सुर्खेत आउँदै गरेको ना ६ ख ७३१३ नम्बरको ट्रक सत्तरीमा र नम्बर नखुलेको गाडी बड्डीचौरमा आगजनीमा परेका छन् ।

बन्दका कारण सुर्खेतबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । गत पुस २२ गते सुर्खेत प्रहरीले झुठ्ठा मुद्दामा आफ्ना दुई जना कार्यकर्तालाई पक्राउ गरेपछि रिहाईको माग गर्दे बन्दको आव्हान गरिएको विप्लव समूहका सुर्खेत जिल्ला सेक्रेटरी यमराजले बताउनु भयो ।