रेडियो कुशुमको दोस्रो अधिबेशन, अध्यक्षमा वि.पौडेल

727
views

निर्मल पौडेल
पर्वत, ६, माघ । पर्वतको कुस्माबजारबाट सञ्चालित सामुदायिक रेडियो कुशुमको चौथो साधारणसभा तथा दोस्रो अधिबेशनको शनिबार सम्पन्न भएको छ । अधिवेशनले ठाकुर वि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा दुर्गाप्रसाद शर्मा, सचिबमा राजेन्द्र पहाडी, कोषाध्यक्षमा फुलराज शर्मा, सहसचिबमा माया अधिकारी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा रुद्र गिरी, गोपी अधिकारी, शिब शर्मा पौडेल, सरिता भण्डारी, कमलनाथ शर्मा, डम्बर गिरी, हिमबहादुर पौडेल र सिड नेपालका अध्यक्ष गणेश गिरी पदेन सदस्य निर्वा्चित हुनुभएको छ ।

अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्लो समयमा सञ्चार क्षेत्रले मर्या्दित र बिश्वसनीयता गुमाउँदै जान थालेको भन्दै पत्रकारिता जिम्बेवार र मर्या्दित बन्नुपर्ने कुरामा जोड दिएका छन् । सम्वेदनशिल सञ्चार क्षेत्र जिम्बेवार र मर्या्दित बन्नुपर्ने कुरामा बक्ताहरुले जोड दिएका हुन ।

कार्यक्रमका बक्ताहरुले सञ्चार माध्यममले पछिल्ला दिनहरुमा जनताको पक्षमा भन्दा पनि दल र धनको पक्षमा आवाज उठाउँदै गएको भन्दै चिन्ता पनि ब्यक्त गरे । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले सामुदायिक रेडियोहरु र अन्य सञ्चार संस्थाहरुले सामुदायका जनताहरुको जनअपेक्षाअनुसार सुचना सम्प्रेषण गर्नुपर्ने वताउनुभयो । उहाँले जनस्तर सम्म सञ्चार माध्यमको पहुँच र बिश्वास समेत हुने भएकाले सही सुचना दिन सके मात्रै साँचो अर्थमा सञ्चार क्षेत्रको बिश्वसनीयता रहन सक्ने कुरामा जोड दिनुभयो ।

उक्त कार्यक्रममा रेडियोका संस्थापक अध्यक्ष तथा पर्वत उद्योग बाणिज्य संघका उपाध्यक्ष ठाकुर बि पौडेल, नेकपाका प्रदेश सदस्य मेघनाथ सुबेदी, पत्रकार महासंघका प्रदेश महासचिब गणेश पौडेल, पर्वत उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपी अधिकारी, नेपाल पत्रकार महासंघ पर्वतका पुर्व अध्यक्ष दुर्गाप्रसाद शर्मा, गैसस महासंघका अध्यक्ष शिब शर्मा रेग्मी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गणेश पौडेल, शिबालय बहुमुखी क्याम्पसका प्रमुख कमलनाथ शर्मा लगायतले आफ्नो मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

रेडियो सञ्चालक समितिका अध्यक्ष गोबिन्द पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य शिब शर्मा पौडेल र सञ्चालन सचिब गणेश गिरीले गर्नुभएको थियो । कार्यक्रममा रेडियोका सम्पुर्ण कर्मचारी हरुलाई सम्मान समेत गरिएको थियो ।