यौन व्यवहारबारे वेलायतमा सर्भेक्षण

843
views

लन्डन,(एजेन्सी) । वेलायतमा हालै गरिएको यौन व्यवहार सम्बन्धी एक सर्भेक्षण अनुसार कलिला युवाहरुमा चाँडै यौन सम्वन्ध राख्नु र कौमार्य गुमाउनु प्रति निकै दुःखित रहेको पाइएको छ ।

२० वर्ष र त्यस भन्दा कम उमेरका ३३ प्रतिशत भन्दा बढि महिला र २५ प्रतिशत पुरुषले आफुहरुले जीवनमा पहिलो पटक यौन सम्र्पक राख्दा आफ्नो उमेर सही नभएको स्विकारेका छन् । वेलायतको प्रचलित कानुन अनुसार सहमतिमा यौन सम्बन्ध राख्नका लागि १६ वर्ष उमेर पुगेको हुनुपर्छ ।

तर हालै यौन झुकाव जीवनशैली सम्बन्धमा गरिएको राष्ट्रिय सर्भेक्षणले अधिकांश मानिसहरु त्यस उमेरमा यौन सम्पर्कका लागि तयार नरहने जनाएको छ । संयुक्त अधिराज्यमा यौन व्यवहारको विस्तृत विवरण पत्ता लगाउन न्याटसलले प्रत्येक दशकमा यस्तो सर्भेक्षण गर्दै आएको छ ।

लन्डन स्कुल अफ हाइजिन एनड ट्रपिकल मेडिसिनको अनुसनधानकर्ताहरुले झण्डै ३ हजार युवायुवती माथि गरेको यो सर्भेक्षणको प्रतिवेदन बिएमजे यौन तथा प्रजनन स्वास्थमा प्रकासित गरिएको छ ।

तिनीहरुले सन् २०१० देखि २०१२ बिच गरिएको सो सर्भेक्षणमा भाग लिएका हुन् । झण्डै ४० प्रतिशत महिला र २६ प्रतिशत पुरुषले आफुहरुले जीवनमा पहिलो पटक यौन सम्पर्क राखेको समय उपयुक्त नभएको बताएका छन् ।