रियल मड्रिडसँग सेभिया पराजित

563
views

काठमाडौं, माघ ६ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडसँग सेभियालाई २–० ले पराजित भएको छ ।

घरेलु मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन कासेमिरो र लुका मोड्रीचले एक–एक गोल गरेका थिए । ला लिगाअन्तर्गत गएराति भएका अन्य खेलहरुमा एथ्लेटिको मड्रिडले हुएस्कालाई ३–० ले हराउँदा भ्यालेन्सियाले सेल्टा भिगोमाथि २–१ को जित निकाल्यो ।

गएरातिका खेलपछि ला लिग फुटबलको अंक तालिकामा बार्सिलोनाको अग्रता कायमै छ । १९ खेलबाट उसको ४३ अंक छ । एक खेल बढी खेलेको एथ्लेटिको मड्रिडको ४१ अंक छ भने रियाल मड्रिडको ३६ अंक छ ।