कंगोमा दायर प्रतिपक्षी दलको अपिल खारेज

531
views

एजेन्सी । कंगोमा भएको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्दै प्रतिपक्षी दलले गरेको अपिल अदालतले खारेज गरिदिएको छ ।

नेता फेलिक्स सिसेकेडिको जितको नतिजा तत्काल सार्वजनिक गर्न रोक लगाउन माग गर्दै विपक्षी दलले गरेको अपिल अदालतले खारेज गरिदिएको हो । निर्वाचन आयोगले धाँधली गरेको प्रमाणित गर्ने पर्याप्त आधार नरहेको भन्दै अदालतले विपक्षीको अपिल खारेज गरेको हो ।

नेता फेलिक्सले जित हात पारेको दाबी गरे पनि हालको प्रशासन विरोधी मार्टिन फायुलुले आफूले जितेको दाबी गरेका छन् । हालका राष्ट्रपति जोसेफ कबिल र राष्ट्रपतिका प्रत्यासी फेलिक्सबीच शक्ति बाँडफाँडको सम्झौताका कारण निर्वाचनमा धाँधली भएको आंशकामा अफ्रिकन युनियनले समेत निर्वाचनको नतिजा तत्काल सार्वजनिक नगर्न आग्रह गरेको थियो । गत डिसेम्बर ३१ मा भएको निर्वाचनको नतिजाप्रति अफ्रिकन युनियनले गम्भीर चासो व्यक्त गरेको छ ।