महिलाहरुलाइ आत्मरक्षा तालिम सुरु

566
views

गोबिन्द तिमिल्सिना
हेमजा, ८, माघ । ‘ज्ञान शील एकता’ भन्ने नाराका साथ प्राज्ञिक विद्यार्थी नेपाल पोखरा महानगर इकाई समितिको आयोजनामा नारी सम्मान र सुरक्षाका लागि मिसन साहासी २०७५ सुरु भएको छ । नेपाल क्योकुशिन कानकराते र नेपाल मुआथाइ किक बक्सीङको सहयोगमा कार्यक्रम गरिएको हो ।

प्रत्येक नारीलाई शिक्षत, सम्मानित, स्ववलम्बी र साहासी बनाउदै आफनै रक्षाका लागी आफै सक्षम हुन आबश्यक केही ब्यबाहारीक सिपहरु सिकाउदै उनिहरुकै आत्मबिश्वासको विकासका साथै सक्षमता प्रदान गर्न बिषेश प्रसिक्षण आयोजना सहित नारी सुरक्षा तथा सम्मानका लागी गम्भिर बन्नका लागी प्राज्ञिक विद्यार्थी परिषद नेपालले राष्ट्रब्यापी अभियान गरिरहेको कार्यक्रम संयोजक बिष्णु कुमारी अधिकारीले जानकारी दिइन् ।

सोमबारदेखि सुरु भएको सो कार्यक्रम हरेक दिन एक घण्टाका दरले आत्म रक्षातालिम गरिने साथै कानुनि ज्ञान, ब्यक्तीत्व बिकास, नेतृत्व बिकास र उधमसिलता तालिम दिइने छ । उक्त कार्य पछाडी आफ्नो रक्षा गर्न र निडरताका साथ समाजमा हिड्न र भए मुक्त बनाउन अभियान सुरु गरिएको परिषदका राष्ट्रिय सचिव प्रकाश शर्माले जानकारी दिए ।

कार्यक्रममा ८० जना किशोरीहरु सहभागि रहेका छन । तालिम पष्चात उनिहरुले नै प्रशिक्षकको भुमिकामा रहने छन । यहि माघ ११ गते देखि २४ गतेसम्म कक्ष ६ देखि १२ सम्ममा अध्यन गर्ने ५० ओटा बिद्यालयका किशोरीहरुलाई प्रशिक्षण दिइने कार्यक्रम रहेको छ । कार्यक्रम राष्ट्र ब्यापी रुपमा चिलिरहेको छ । उक्त प्रशिक्षण कार्यक्रमको सहजिकरण अधिबक्ता दुर्गा न्यौपाने, नागरिक समाजका सदस्य बिन्देश्वरी बराल, प्रहरी निरिक्षक भगवति तिम्सिना र मिडीयाकर्मी दुर्गा अधिकारी रहेका छन ।