मतगणनाको नतिजा -कुन पार्टीका उम्मेदवार कति स्थानमा बिजयी भए (अपडेट)

537
views

काठमाडौ  प्रदेश नम्बर ३,४ र ६ का ३४ जिल्लाका दुई सय ८१ स्थानीय तहमा पहिलो चरणमा आइतवार भएको मतदानको मतगणना शुरु भएको छ । मतगणनाको प्रारम्भिक नतिजा आउन थालेका छन् । निर्वाचन आयोगले घोषणा गरेको नतिजामा काँग्रेसले विजय प्राप्त गरेका र अग्रस्थानमा रहेका तह यस्तो छ ।

काँग्रेसले उठाएका उम्मेदवार र बिजय प्राप्त गरेका स्थान

काँग्रेसका १५२ वटा गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवार उठाएका मध्ये एउटा गाउँपालिकामा बिजय प्राप्त गरेको छ । एउटा गाउँ पालिकामा अग्रता हासिल गरेको छ भने दुई वटामा दोस्रो स्थान प्राप्त गरेको छ । काँग्रेसका एक सय ५१ स्थानमा उठाएका उपाध्यक्षका उम्मेदवार मध्ये दुई स्थानमा अग्रता प्राप्त गरेको छ भने दुई स्थानमा दोस्रो स्थानमा छ ।

काँग्रेसका ९० जना मेयर पदका उम्मेदवार मध्ये दुई स्थानमा अग्रता हासिल गरेको छ भने एक स्थानमा दोस्रो स्थानमा छ । काँग्रेसका ८६ जना उपमेयरका उम्मेदवार मध्ये एक स्थानमा अग्रता प्राप्त गरेका छन् ।

काँग्रेसका २३१० जना वडा अध्यक्षका उम्मेदवार मध्ये १८ स्थानमा बिजय प्राप्त गरेका छन भने दुई स्थानमा अग्रता र सात स्थानमा दोस्रो स्थान प्राप्त गरेका छन ।

काँग्रेसका ४५८० जना सदस्यका उम्मेदवार मध्ये ३४ स्थानमा बिजय प्राप्त गरेका छन भने दुई स्थानमा अग्रता र दुई स्थानमा दोस्रो स्थानमा रहेका छन । काँग्रेसका २२९० जना महिला सदस्य मध्ये २१ स्थानमा बिजय प्राप्त गरेका छन भने दुई स्थानमा अग्रता हासिल गरेका छन । पाँच स्थानमा दोस्रो स्थान प्राप्त गरेका छन । । काँग्रेसका २०९८ जना दलित महिला सदस्य मध्ये २६ जनाले बिजय प्राप्त गरेका छन भने एक स्थानमा अग्रस्थानमा छन । तीन स्थानमा दोस्रो स्थान प्राप्त गरेका छन ।

एमालेले उठाएका उम्मेदवार र बिजय प्राप्त गरेका स्थान

एमालेले उम्मेदवार उठाएका १५४ गाउँपालिकाका अध्यक्षका उम्मेदवार मध्ये दुई स्थानमा अग्रता प्राप्त गरेका छन भने एक स्थानमा दोस्रो स्थानमा छन ।

एमालेले १५२ वटा गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार उठाएको छ । ती मध्ये दुई स्थानमा अग्रता प्राप्त गरेको छ भने एक स्थानमा दोस्रो स्थान प्राप्त गरेको छ । एमालेले उठाएका ९० जना मेयरका उम्मेदवार मध्ये एक नगरपालिकामा अग्रता हासिल गरेका छन भने दुई नगरपालिकामा दोस्रो स्थानमा छन । एमालेले ८२ जना उपमेयरका उम्मेदवार उठाएको छ । एमालेले उठाएका २२५४ जना वडा अध्यक्ष मध्ये तीन जना वडा अध्यक्षले बिजय प्राप्त गरेका छन् । एमालेका ६ जना वडा अध्यक्ष अग्रस्थानमा र तीन वडा अध्यक्ष दोस्रो स्थानमा छन । एमालेले उठाएका ४४४५ जना सदस्यका उम्मेदवार मध्ये नौ स्थानमा बिजय प्राप्त गरेका छन् । चार वटा सदस्यमा अग्रस्थानमा र चारवटामा दोस्रो स्थानमा रहेका छन । एमालेले उठाएका २२४० जना महिला सदस्य मध्ये आठ जना बिजयी भएका छन । ६ जना महिला सदस्य अग्रस्थानमा छन भने तीन जना दोस्रो स्थानमा छन ।

एमालेले उठाएका २०९२ दलित महिला सदस्य मध्य ३० स्थानमा बिजयी प्राप्त गरेका छन । पाँच स्थानमा अग्रस्थानमा र दुई स्थानमा दोस्रो स्थानमा छन ।

माओवादी केन्द्रले उठाएका उम्मेदवार र बिजय प्राप्त गरेका स्थान

नेकपा माओवादी केन्द्रले उठाएका १४० वटा गाउँपालिकाका उम्मेदवार उठाएको छ । एक स्थानमा अग्रता र एक स्थानमा दोस्रो स्थानमा देखिएका छन । माओवादी केन्द्रले उठाएका एक सय ३७ वटा गाउँपालिकाका उपाध्यक्षका उम्मेदवार मध्ये एक स्थानमा दोस्रो स्थानमा देखिएका छन् ।

माओवादी केन्द्रले ७६ वटा नगरपालिकामा मेयर पदका उम्मेदवार उठाएको छ । माओवादीले ८६ वटा नगरपालिकामा उपमेयर उठाएका मध्ये दुई स्थानमा दोस्रो स्थान प्राप्त गरेको छ । माओवादी केन्द्रले उठाएका २०८२ जना वडा अध्यक्ष मध्ये तीन जनाले विजय प्राप्त गरेका छन । चार जनाले अग्रता हासिल गरेका छन भने दुई जना दोस्रो स्थानमा छन । माओवादी केन्द्रले उठाएका ४०८१ जना सदस्य मध्ये चार स्थानमा बिजय प्राप्त गरेका छन । चार स्थानमा अग्रता हासिल गरेका छन भने चार स्थानमा दोस्रो स्थानमा छन ।

माओवादी केन्द्रले उठाएका २००९ महिला सदस्यका उम्मेदवार मध्ये तीन स्थानमा बिजय प्राप्त गरेका छन भने चार स्थानमा अग्रता र तीन स्थानमा दोस्रो स्थानमा देखिएका छन । माओवादी केन्द्रले उठाएका १८५१ जना दलित महिला सदस्य मध्ये १६ स्थानमा बिजय प्राप्त गरेका छन भने तीन स्थानमा अग्रता र चार स्थानमा दोस्रो स्थान प्राप्त गरेका छन ।

राप्रपाले उठाएका उम्मेदवार र बिजय प्राप्त गरेका स्थान

राष्ट्रिय प्रजातन्त्र पार्टीले १११ गाउँपालिकामा अध्यक्षको र ९० वटा गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार उठाएको छ । राप्रपाले ८० वटा नगरपालिकामा मेयरका उम्मेदवार उठाएको छ भने उप्रमुख पदमा ७९ जना उम्मेदवार उठाएको छ । एक स्थानमा राप्रपाका उपमेयरले अग्रता हासिल गरेका छन ।

राप्रपाले १२७१ जना वडा अध्यक्षका उम्मेदवार उठाएको छ । राप्रपाले उठाएका २०१० जना वडा सदस्यका उम्मेदवार मध्ये एक स्थानमा बिजय प्राप्त गरेका छन । अन्नपूर्ण पाेष्टबाट