भुटानकी मुमा बडामहारानी काठमाडौंमा

645
views

काठमाडौं– एकहप्ते निजी भ्रमणका सिलसिलामा रहेकी भुटानकी मुमा बडामहारानी ग्यालुम दोर्जी वाङ्गमो वाङचुक काठमाडौं आएकी छिन् ।

वाङचुक सोमवार काठमाडौं आएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनले मंगलवार विहान स्वयम्भूनाथमा विशेष पूजाअर्चना गरेकी छिन् । उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पनि भ्रमण गर्ने बुझिएको छ ।