मुस्ताङका चार गाउँपालिकाको मत गणना सकियो

592
views

मुस्ताङ १ बैशाख । मुस्ताङको दालोमे, लोमान्थाङ, बाह्रागाउँ र झरकझोङको नतिजा सार्वजनिक भएको छ ।
दालोमेमा स्वतन्त्र उम्मेदवार लोप्साङ छम्तेलले ७५५ मत ल्याएर विजयी भएका छन् भने एमालेका उपाध्यक्ष ढोका गुरुङले ६०१ मत ल्याएर विजयी भएकी छन् ।
घरपझोेङमा आशबहादुर थकालीले ४५४ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी भएका छन् भने उपाध्यक्षमा शर्मिला गुरुङले ७०७ मत प्राप्त गरी विजयी भएकी छन् ।
बाह्रगाउँ गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार फेन्चोक छेप्तेन गुरुङले ६५४ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन् भने उपाध्यक्षमा एमालेकी ढीकी गुरुङले ६५४ मत ल्याई विजय हासिल गरेकी छिन् ।
यस्तै लोमान्थाङ गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका सुर्वण विष्ट ६०५ र एमालेकी उपाध्यक्ष पेमा डोल्मा विष्टले ६५२ मत प्राप्त गरी विजय हासिल गरेको मुस्ताङ जिल्लाका मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले जानकारी दिए ।
थासाङ गाउँपालिकामा मतगणनाको नतिजा मंगलवार विहानसम्म आईपुग्ने जनाइएको छ । पाँच गाउँपालिका रहेको मुस्ताङमा ८ हजार चारसय ६१ मतदाता रहेको मुस्ताङमा १८३ जना उम्मेदवार सहभागी थिए भने ४२ जना निर्विरोध निर्वाचित भैसकेका छन