कलाकारितामा उदाउँदै टिमुर्के विज्ञान

1427
views

निर्मल पौडेल
पर्वत, १० माघ । म्याग्दीको वेनी नगरपालिका–४ डाँडाखेतमा विक्रम संवत २०४४ साल पौष ३० गते वुवा रामवहादुर हमाल र आमा कमला हमालको कोखवाट जन्मेका व्यक्ति हुन विज्ञान हमाल अर्थात टिमुर्के ।

निम्न मध्यम वर्गिय परिवारमा जन्मेका हमालले वाल्यकाल रमाईलोमा नै विताए । कक्षा १० सम्मको अध्ययन गरेका हमाल उमेर वढेसंगै रोजगारीको सिलसिलामा दर्जन भन्दा वढि मुलुकमा करिव १२ वर्ष विताए ।

सानै उमेरमा विदेशका विभिन्न देशहरु घुमेका भोकेका हमाल यतिवेला नेपालमा फर्केर कलाकारितामा भविष्य खोजिरहेका छन् । देख्दैमा चट्ट हँसिला फरासिला हमाल मोडलिङ देखि हाँस्य विधामा निकै रुचि राख्दछन् ।

२०७३ सालमा तिम्रो मेरो निश्छल माया छुटाएर जान्छौ भने जाऊ भन्ने वोलको आधुनिक गितमा मोडलिङ गरेर कलाकारितामा पाहिला टेकेका हमाल पछिल्लो समय नायकको रुपमा समेत फिल्म अहुरीमा अभिनय गरेका छन् ।

हुनत यो भन्दा अगाडि पनि धनपति, दशा, लगायतका केहि फिल्महरुमा छोटो अभिनय गरेका हमालले यसपालि अहुरीमा नायकको रुपमा अभिनय गरेका हुन । साइन्सटिफिक्स् मोभि अहुरीमा निकै रोमाञ्चक अभिनय गरेका हमाल भविष्यमा थुप्रो फिल्महरु खेल्ने र नेपाली फिल्मी क्षेत्रमा नायकको रुपमा उदाउने इच्छा प्रकट गर्छन ।

वाल्यकाल देखिनै अभिनयमा रुचि राख्ने हमाल विधालयमा हुने विविध कार्यक्रम लगायत, गाउँका मेला महोत्सवहरुमा विभिन्न पात्रहरुको भुमिकामा देखिरहन्थे । अहिले विभिन्न जिल्लाहरुमा हुने प्राय मेला महोत्सवहरुमा टिमुर्के लाई स्टेजमा देख्न सकिन्छ । धौलागिरी टेलिभिजन मार्फत हरेक विहिवार राति ८ः१५ वजे वाट प्रशारण हुने हाँस्यटेली सिरियल भताभुङ्गमा समेत टिमुर्के नामको खलपात्रको रुपमा पर्दामा देखिन्छन् ।