पर्वतका दुवै नगरपालिकामा काँग्रेसको अग्रता

613
views

पर्वत, १ बैशाख । कुश्मा नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार रामचन्द्र जोशीले २ सय ९६ मत, नेकपा एमालेका मेघनाथ सुवेदीले १ सय ५७ र नेकपा माओवादी केन्द्रका उम्मेदवार शंकर गिरीले २९ मत प्राप्त गरेको मत परिणाम छ । यस्तै राप्रपाले २ मत प्राप्त गरेको छ भने घर चिन्हले १ मत ल्याएको नतिजा सार्वजनिक भएको छ । त्यस्तै उपमेयरमा नेपाली काँग्रेसकी सीता काफ्ले लामिछानेले २ सय ८६, एमालेका उपमेयर मुगा पोख्ेलले १ सय ५७ र माओवादी केन्द्रकी तारादेवी रिजाल शर्माले ३२ मत प्राप्त गरेका छन् । पर्वतका पाँच गाउँपालिका र दुई नगरपालिकामा मतगणना जारी छ ।
यता फलेवास नगरपालिकामा जम्मा मत नेपाली काँग्रेसका उम्मेदवार गंगाधर तिवारीलाई ७०४ र नेकपा एमालेका उम्मेदवार पदमपाणी शर्मालाई ६७४ मत परेका छन् । भने उपमेयरमा नेपाली काँग्रेसकी उम्मेदवार रेखा गुरुङले ७१८ र एमाले उम्मेदवार मञ्जु अधिकारीले ६८६ मत प्राप्त गरेका छन् ।