चिकित्सा विधेयक पारित हुन्छ– सभामुख महरा

1005
views

काठमाडौं, १०, माघ । सभामुख कृष्णाबहादुर महराले चिकित्सा शिक्षा विधेयक पारित हुने बताएका छन् । शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा विधेयक पारित हुन्छ महराले सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा भने ‘अघिल्लो बैठकमा जे जस्ता समस्या देखिए पनि शान्तिपूर्णा तवरले विधेयक पारित हुन्छ ।’

सभामुख महराले प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय समितिमा प्रक्रियागत हिसाबले भाग लिइसकेको बताउँदै सदनको प्रकियामा पनि भाग लिएर पारित गर्न सहयोग गर्छ भन्ने विश्वास रहेको बताए ।

कांग्रेसले राखेको अस्पतालको नामको किचलो र विधेयक फरक विषय भएको पनि महराको भनाई थियो । ‘नेताका नामका अस्पतालको विवाद र चिकित्सा शिक्षा विधेयक फरक विषय भएको उल्लेख गर्दै सभामुख महराले भने, ‘अलगअलग विषयलाई एक्कै ठाउँमा जोडेर हेर्नु ठिक छैन ।’

कांग्रेस सांसदले बुधबार शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न रोष्टमा जान रोक लगाएका थिए । शिक्षामन्त्रीलाई रोक्ने क्रममा सत्तापक्ष र प्रतिपक्ष सांसदबीच घम्साघम्सी भएको थियो ।