इरान एसियन कपको सेमिफाइनलमा

527
views

काठमाडौं । चीनलाई ३–० गोल अन्तरले पराजित गर्दै इरान एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । यूएईको आबुधावीस्थित मोहम्मद विन जायद स्टेडियममा भएको खेलमा इरानको जितमा मेहदी तारेमी, सरदार अज्मउन र करिम अन्सारिफार्दले एक–एक गोल गरे ।

सेमिफाइनलमा इरानको भेट जापानसँग हुनेछ । यसअघि भियतनामलाई १–० ले हराउँदै जापान पनि सेमिफाइनलमा पुगिसकेको छ ।