जिपको ठक्करले एक महिला गम्भिर

632
views

सीताराम थापा
बागलुङ । बागलुङ जिल्लाको सदरमुकामको केन्द्र भाग बजारको हल्लन चोकमा जिपले रेस हाक्दा एक ठक्करबाट एक महिला गम्भिर घाईते भएकी छिन् ।

बागलुङदेखि पोखराका लागि छुटेको ग. १.ज. ५२९९ नम्बरको जिपले ठक्कर दिँदा बानपा–३ बस्ने २६ बर्षिय ज्योति सापकोटा गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङ श्रोतले बताएको छ । घाइते साप्कोटाको टाउकोमा गम्भीर चोट लागेको छ ।

प्रभु बैंकको बागलुङ शाखामा काम गर्ने सापकोटा बिहान करीब ९ः४५ बजेको समयमा कार्यालय पुग्दै गर्दा जिपले ठक्कर दिएको थियो ।

ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । ड्राईभरको भनाई अनुसार बाटो काट्ने क्रममा दुर्घटना हसन गएको बताईएको छ । घाइते सापकोटालाई तत्कालै धौलागिरी अञ्चल अस्पताल लगिएको थियो ।

प्राथामिक उपचारपछि अवस्था बढी गम्भीर भएका कारण डाइनेष्टिक हेलिकप्टर मार्फत तत्काल काठमाडौ रिफर गरिएको अस्पताल श्रोतले जनाएको छ ।