नेपाल भ्रष्टाचारको १ सय २४ औं स्थानमा

690
views

काठमाडौं, १५, माघ । विश्वभर भ्रष्टाचारको अवस्था अनुसन्धान गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन अनुसार नेपालमा भ्रष्टाचार झन बढेको देखाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचककाङ्क २०१८ अनुसार नेपाल यो वर्ष १२४ औँ स्थानमा पुगेको छ । ट्रान्सपरेन्सीको प्रतिवेदन अनुसार नेपाल सन् २०१७ भन्दा २०१८ झन् भ्रष्ट मुलुकको सूचीमा परेको हो ।

दक्षिण एसियामा भुटान सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक रहेको पाइएको छ । दक्षिण एसियामा भुटान २५ औं, भारत ७८ औं, श्रीलङ्का ८९ औं, पाकिस्तान ११७ औं, मालदिभ्स र नेपाल १२४ औं, बंगलादेश १४९ औं, अफगानिस्तान १७२औं स्थानमा छन् । चीन भने यो सूचीको चीन ८७ औं स्थानमा छ ।