कविता (वीर शहिद मेरो देश)

1727
views

–सीताराम थापा

वीर शहिदको रगतले होली खेलि रक्त सिञ्चित मेरो देश,
जनता शहिद भएर ठुला–ठुला नेतो भनौदो जन्मेको मेरो देश,
वीर शहिद जन्मिएर, सिमित नेता धनी भईरहेको मेरो देश,
जनताले आहुति दिएर शहिदहरु अपमान खेपेको मेरो देश ।।

वीर शहिदहरु रगताम्य ढलेर सत्ता परिवर्तन भएको मेरो देश,
जनता बलिको बोको भएर, बालबच्चा, भोको रहेको मेरो देश
शहिद परिवार पुस्तौनी, आँसु, बेदना  घन्केको मेरो देश,
अग्निज्वालाको दाहसंस्कारपछि नेता महलमा बस्ने देश ।।

द्वन्द्धपीडितको आलो घाउमा सेताम्य पिप पाकेको मेरो देश,
पीडितको पैसाले नेतालाई डकार आउँदा बिदेशमा जचाउने मेरो देश,
बेपत्तालाई १५ दिनमै खोजि शहिदलाई न्यादिन तमसुक लेख्ने मेरो देश,
१२, बर्ष हुँदा १२ पटक सत्ता बदलि युद्धपीडितलाई ढाटेर खाने मेरो देश ।।

शहिदको नाममा मौन धारण गरे जस्तो बाहाना गर्ने नेता भएको मेरो देश,
जनता मारेर जनताको लागि ठुला नेता आसेपासेले शासन गर्ने मेरो देश,
शहिद दिवसको दिन मात्र सहिद सम्झेको बहाना गर्ने नेता जन्मेको देश,
जताको खुनको मौन धारणमा नेपाली आमालाई गिद्धेनजर लगाउने देश ।।

शहिद दिवस आउदा सहिद गेट चोक पुज्ने मेरो देश,
शहिदहरुको व्यापार गरि शहिदलाई नै शहिद बनाउने मेरो देश
जनता र देशको निम्ति नझुक्ने शिर निडर भई अघि बढ्ने जनताको देश,
शहिदहरुको सपना पूरा गर्न नेताहरुले फेरि सहिद जन्माउनु पर्ने मेरो देश ।।